१८ असार २०८३, बिहिबार | July 2, 2026

एमाले कार्यदलको पहिलो बैठक : अविश्वास र अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आग्रह



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको पहिलो बैठक सकिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलवार बसेको कार्यदलको पहिलो बैठकले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्ने निर्णय गरेको कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिए ।

‘बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने सहमति गरेको छ ।

पार्टीमा देखिएका समस्या थयोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अगाडि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको छ’ रावलले भने । ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिबाट आग्रह गर्ने निर्णय गरेको छ,’ रावलले भने ।

आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित थिए । नेता रावलका अनुसार बैठक पुनः भोलि तय गरिएको छ ।
पार्टी फुटको अवस्थामा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार ओली र नेपाल पक्षबाट पाँच पाँच जना रहेको कार्यदल गठन गरिएको थियो । कार्यदलमा ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त रहेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ०७ बजे

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६