७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेसले बुझायो सरकारलाई १५ बुँदे ध्यानाकर्षणपत्र, सबै जनतालाई खोप सुनिश्चितताको माग



काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न सरकारसँग खोप सुनिश्चितताको माग गरेको छ ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधिमण्डलले सिंहदरबारमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै खोप सुनिश्चितताको माग गरेको हो ।

त्यसक्रममा सभापति देउवालले प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार बन्न आग्रह गरे ।
देउवाले जनतालाई कोरोनाको संभावित तेस्रो लहरबाट बचाउन तत्काल खोप ल्याएर लगाउनुपर्ने माग गरेका छन् । तेस्रो लहरले बालबालिकालाई धेरै असर गर्नसक्ने कुरा आएको बताउँदै देउवाले त्यसबारे सरकारले बेलैमा विशेष व्यवस्था गरोस् भन्ने माग गरेका छन् ।

देउवाले खोप खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न पनि माग गरेका छन् । उनले अहिले देखिएको अक्सिजनको अभाव अन्त्य गर्न समेत माग गरेका छन् ।

कांग्रेसले आफ्नो ध्यानाकर्षणपत्रमा सीमा नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, माग गरेको छ । यसैगरी, निषेधाज्ञाको समयमा निम्न आय भएका नागरिकहरूलाई राहत उपलब्ध गराउन पनि माग गरेको छ ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन सभापति देउवासहित महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायतका नेताहरु पुगेका थिए ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १२ : १३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११