१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पार्टीका उम्मेदवार विरुद्ध मतदान गर्नु भर्त्सनायोग्य भएको एमालेको निस्कर्ष



काठमाडौं । नेकपा एमालेले पार्टीको उम्मेदवारको पक्षमा मत नदिनुलाई गम्भीर भएको निस्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीका उम्मेदवारको पक्षमा मत नदिई विपक्षमा मतदान गर्नुलाई पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको ठहर गरेको हो । बैठकले आधिकारिक उम्मेदवार विरुद्ध मतदान गर्ने कार्यको भर्त्सना गरेको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको एमालेले निस्कर्ष निकालेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई मतदान नगरेको विषयमा छलफल भएको बताए । बैठकमा माधवकुमार नेपाल पक्षका जनप्रतिनिधिले थापालाई मतदान नगरेकोबारे छलफल भएको थियो । प्रवक्ता ज्ञवालीले पार्टीमा एकताभावका लागि कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने जनाए । ज्ञवालीले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन । यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’

नेपाल पक्षले विपक्षी गठबन्धनसँग मिलेर आफु निकट डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो । पार्टीका उम्मेदवारलाई भोट दिन एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरलेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : ४४ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको