९ चैत्र २०८२, सोमबार | March 23, 2026

विश्व स्वास्थ्य संगठनले भन्यो कोरोना संक्रमितकाे उपचारमा रेम्डिसिभिर प्रयोग नगर्नु



काठमाडौं । नेपाली औषाधी बजारमा रेम्डिसिभिरको हाहाकार भएका बेला विश्व स्वास्थ्य संगठनले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाएको छ । कोरोना भाइरसको पहिलो लहरका बेला आपतकालीन अवस्थामा प्रयोग लागि सुझाएको रेम्डिसिभिरलाई विश्व स्वास्थ्य संगठनले हाल कोरोना उपचारको औषधिबाट हटाएको हो ।

एन्टीभाइरल औषधि रेम्डिसिभिर कोरोनाका बिरामीलाई सास फेर्न अप्ठ्यारो भएको परिस्थितिमा प्रयोग गरिने गरिरन्छ । नेपालमा सो औषधीको ब्यापक कालोबजारी भएपछि सरकारले अधिकतम मुल्य नै तोकेर बिक्रि गर्ने ब्यवस्था मिलाएको छ ।

विगतमा विश्व स्वास्थ्य संगठनले सुझाएको आधारमा धेरै राष्ट्रले रेम्डिसिभिर खरिद प्रक्रिया अघि बढाएका थिए । नेपालले पनि रेम्डिसिभिर नेपालमै उत्पादन गर्ने तयारी थालेको थियो । विश्व स्वास्थ्य संगठनका प्रवक्ता एरिक सेरभिकले त्यसलाई पहिले योग्य माने पनि हाल त्यस सूचीबाट हटाइएको बताएका छन् ।

‘हामीले त्यस औषधीलाई योग्य सूचीबाट हटाएका छौँ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनले रिष्टबाट रेम्डिसिभिरलाई हटाएपछि कोरोनाको उपचारमा विश्वस्वास्थ्य संगठनको मापदण्ड पालना गरिरहेका मुलुकहरूले अब त्यो औषधि संक्रमितको उपचारमा प्रयोग गर्न पाउने छैनन् । विश्व स्वास्थ्य संगठनले जस्तोसुकै जटिल परिस्थितिमा पनि कोरोना संक्रमितलाई रेम्डिसिभिर प्रयोग नगर्न चेतावनी दिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ०८ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा