२० मंसिर २०८२, शनिबार | December 6, 2025

विश्व स्वास्थ्य संगठनले भन्यो कोरोना संक्रमितकाे उपचारमा रेम्डिसिभिर प्रयोग नगर्नु



काठमाडौं । नेपाली औषाधी बजारमा रेम्डिसिभिरको हाहाकार भएका बेला विश्व स्वास्थ्य संगठनले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाएको छ । कोरोना भाइरसको पहिलो लहरका बेला आपतकालीन अवस्थामा प्रयोग लागि सुझाएको रेम्डिसिभिरलाई विश्व स्वास्थ्य संगठनले हाल कोरोना उपचारको औषधिबाट हटाएको हो ।

एन्टीभाइरल औषधि रेम्डिसिभिर कोरोनाका बिरामीलाई सास फेर्न अप्ठ्यारो भएको परिस्थितिमा प्रयोग गरिने गरिरन्छ । नेपालमा सो औषधीको ब्यापक कालोबजारी भएपछि सरकारले अधिकतम मुल्य नै तोकेर बिक्रि गर्ने ब्यवस्था मिलाएको छ ।

विगतमा विश्व स्वास्थ्य संगठनले सुझाएको आधारमा धेरै राष्ट्रले रेम्डिसिभिर खरिद प्रक्रिया अघि बढाएका थिए । नेपालले पनि रेम्डिसिभिर नेपालमै उत्पादन गर्ने तयारी थालेको थियो । विश्व स्वास्थ्य संगठनका प्रवक्ता एरिक सेरभिकले त्यसलाई पहिले योग्य माने पनि हाल त्यस सूचीबाट हटाइएको बताएका छन् ।

‘हामीले त्यस औषधीलाई योग्य सूचीबाट हटाएका छौँ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनले रिष्टबाट रेम्डिसिभिरलाई हटाएपछि कोरोनाको उपचारमा विश्वस्वास्थ्य संगठनको मापदण्ड पालना गरिरहेका मुलुकहरूले अब त्यो औषधि संक्रमितको उपचारमा प्रयोग गर्न पाउने छैनन् । विश्व स्वास्थ्य संगठनले जस्तोसुकै जटिल परिस्थितिमा पनि कोरोना संक्रमितलाई रेम्डिसिभिर प्रयोग नगर्न चेतावनी दिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ०८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय