६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेशसभाका सांसदहरु सुचनाको हक माग्दै प्रदेश प्रमुखको कार्यालयमा



बुटवल । लुम्बिनी प्रदेशसभा विपक्षी सांसदहरु सुचनाको हक माग्दै प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेपाली कांंग्रेस संसदीय दलको सचेतक निर्मला क्षेत्री , माओवादी सचेतक पार्वती पून , जसपा सचेतक पुर्मति ढेंगा र राजमो नेता तारा जि सी ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी सांसदहरुको हस्क्षारसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयसँग माग गरेका छन् ।

उनीहरुले सुचनाको हक सम्बन्धी ऐनको २०६४ दफा ३ वमोजिम मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश सभा सदस्यहरु हस्ताक्षर सहितको व्यहोरा समेत प्रदेश प्रमुखको कार्यालयबाट माग गरेका छन् ।

प्रदेशससभामा विपक्षीदलका ४ सचेतकहरुले प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र, प्रदेश सरकार मुख्यमन्त्री शंकर पोखरले दिएको राजीनामा र त्यस सम्बन्धी कागजपत्र पनि मागिएको कांग्रेस पार्टीकी सचेतक निर्मला क्षेत्रीले जानकारी दिईन् । उनले अधिवेशन अन्त र शंकर पोखरेलले एमाले संसदीय दलको नेता रुपमा बैशाख १९ गते प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहितको निवेदनसँगै पुन नियुक्त कागजपत्र समेत माग गरिएको बताईन् ।

क्षेत्रीका अनुसार कुल प्रसाद के सी लाई मुख्यमन्त्री नियुक्त प्रस्ताव सहित हस्ताक्षर गरिएको निवेदन सहित अन्य कागजपत्र पनि माग गरिएको प्रदेशप्रमुखको कार्यालयबा मागिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ३७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ