६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा फेरि बढ्यो संक्रमणको दर, १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा बाँकेमा उपचाररत १४ जनाको मृत्यु भएको छ भने २९३ जना कोरोना मुक्त भएका छन् ।

भेरी अस्पताल पीसीआर ल्यावमा ८१६ नमुना परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजमा ९१ नमुना परीक्षण भएकोमा २४ जनामा र बागेश्वरी डाइग्नोशिस केन्द्रमा १४० नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अनुपातको हिसावले पछिल्लो २ दिन घटेको बाँकेको कारोना ग्राफ आज फेरि बढेको तथ्यांकले देखिएको छ । कुल संक्रमित मध्य बाँके जिल्लाका २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नमुना परीक्षणको ५३ दशमलव ३९ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा बाँकेका मात्र ४४ दशमलव २ प्रतिशतमा संक्रमण देखिएको छ ।

बाँकेमा २४ घण्टाकैबीचमा १४ जना मृत्यु भएकोमा ५ जना बाँके जिल्ला भित्रका र ९ जना अन्य जिल्लाका रहेका छन् । आज सम्ममा बाँकेमा उपचाररत बाँके भित्रका २७९ जना र जिल्ला बाहिरका २५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ०७ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र