६ पुस २०८२, आइतबार | December 21, 2025

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा



काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ २० गते मध्यरात १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

कोरोना महामारीको संक्रमण कम नभएका कारण थप बनाउँदै निषेधाज्ञा लम्ब्याउन सीडीओहरु सहमत भएका हुन् । निषेधाज्ञामा बिहान ९ सम्म मात्र तरकारी, फलफूल, दूध, मासु र ग्यास पसल खोल्न दिइने भएको छ ।

तर डिपार्टमेन्टल स्टोर र किराना पसल भने यसअवधीमा बन्द हुनेछ । यसअघि बिहान १० बजेसम्म तरकारी फलफूल, दूध, मासु लगायत किराना पसल र डिपार्टमेन्टल स्टोरलाई छुट दिइएको थियो ।

निषेधाज्ञाबारे विस्तृत जानकारी जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमाफर्त गराउनेछन् ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले सोमबारमात्र संक्रमण नरोकिएको बताउँदै स्वास्थ्य संकटकाल लगाउन सकिने संकेत गरेका थिए ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : १९ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र