७ आश्विन २०८३, बुधबार | September 23, 2026

अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध



बुटवल । तीन दिनेदेखिको परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएसंगै सडक अवरुद्ध भएको हो ।

उप्त सडकखण्डको गौंडे, बर्तुङ, दोभान, झुम्सा लगायतको क्षेत्रका स-साना पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डि एस पी डिल्ली नारायण पाण्डेयले बताए ।

यस्तै सिसुवा क्षेत्रमा खसेको पहिरो हटाउने काम सुरु भएको छ । निरन्तरको वर्षा र ढुङगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको पाण्डेयले बताए । पानी परिरहेका कारणले हटाउनको लागि समस्या भएको प्रहरीले जनाएको छ ।

ठूला-ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ । ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेका सवारी साधन सडकमै रोकिएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : ४७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज