६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध



बुटवल । तीन दिनेदेखिको परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएसंगै सडक अवरुद्ध भएको हो ।

उप्त सडकखण्डको गौंडे, बर्तुङ, दोभान, झुम्सा लगायतको क्षेत्रका स-साना पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डि एस पी डिल्ली नारायण पाण्डेयले बताए ।

यस्तै सिसुवा क्षेत्रमा खसेको पहिरो हटाउने काम सुरु भएको छ । निरन्तरको वर्षा र ढुङगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको पाण्डेयले बताए । पानी परिरहेका कारणले हटाउनको लागि समस्या भएको प्रहरीले जनाएको छ ।

ठूला-ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ । ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेका सवारी साधन सडकमै रोकिएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : ४७ बजे

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व