२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आजको मौसम : देशका अधिकांश क्षेत्रमा बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश नं १ मा पूर्ण बदली र देशका अन्य भू-भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले देशका केही स्थानमा सामान्य वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ७ : ४९ बजे

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले