६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले स्थायी कमिटी बैठक बस्दै, थप १२ नेतालाई कारवाही हुनसक्ने



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा थप नेताहरुलाई अनुशासनको कारावाहीको विषयमा छलफल हुनेछ ।

विपक्षी गठबन्धनलाई सघाएको आरोपमा एमालेले घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडालगायत १२ जना नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधिएका अन्य नेताहरुमा सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । २४ घण्टे स्पष्टीकरण मागिए पनि बाह्रै जनाले स्पष्टीकरण बुझाएका छैनन् ।

त्यसअघि जेठ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्काशन गरेको थियो ।

आइतबार बस्ने भनिए पनि बैठक आजका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : ३९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा