१८ असार २०८३, बिहिबार | July 2, 2026

एमाले स्थायी कमिटी बैठक बस्दै, थप १२ नेतालाई कारवाही हुनसक्ने



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा थप नेताहरुलाई अनुशासनको कारावाहीको विषयमा छलफल हुनेछ ।

विपक्षी गठबन्धनलाई सघाएको आरोपमा एमालेले घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडालगायत १२ जना नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधिएका अन्य नेताहरुमा सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । २४ घण्टे स्पष्टीकरण मागिए पनि बाह्रै जनाले स्पष्टीकरण बुझाएका छैनन् ।

त्यसअघि जेठ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्काशन गरेको थियो ।

आइतबार बस्ने भनिए पनि बैठक आजका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : ३९ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले