८ बैशाख २०८३, मंगलबार | April 21, 2026

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे मात्र बस्ने भएको हो । यसअघि आइतबार साँझ ५ बजे बस्ने भनिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो ।

शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् । स्थायी कमिटीका केही नेताहरु लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको पदका लागि आज हुन लागेको उपनिर्वाचनमा व्यस्त हुँदैछन् ।

अब भोलिका लागि सारिएको बैठकमा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा थप नेताहरुलाई कारावाहीको निर्णय हुनसक्ने बताइएको छ । विपक्षी गठबन्धनलाई सघाएको आरोपमा एमालेले घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडालगायत १२ जना नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधिएका अन्य नेताहरुमा सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । २४ घण्टे स्पष्टीकरण मागिए पनि बाह्रै जनाले स्पष्टीकरण बुझाएका छैनन् ।

त्यसअघि जेठ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको थियो ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र चुनावको तयारीबारे समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ९ : २८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति