२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रियसभा उपचुनावको मतदान जारी, आजै नतिजा सार्वजनिक हुने (तस्बिरसहित)



दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि उपचुनावमा मतदान जारी छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका ३ वटा मतदानस्थलमा बिहान ९ बजेबाट मतदान भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरेका छन्।

दिउँसो ३ बजेसम्म मतदान हुनेछ । कोरोना महामारीका कारण भीडभाड नगरी मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

उपचुनावमा दुई जना उम्मेदवार मैदानमा रहेका छन् । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

दिउँसो ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिएका छन् ।

आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन्। जसमा प्रदेश सांसदको संख्या ८३ रहेको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् । प्रदेशसभाको कुल मतभार ३९८४ रहेको छ भने स्थानीय तहको कुल मतभार ३९०६ रहेको छ । उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ।

निर्वाचन आयोगले जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको छ। विपक्षी दलहरुले निर्वाचन आयोगले प्रधानमन्त्री केपी ओलीको छायाँमा परेर अन्तिम समयमा मतदाता संख्या बढाएको आरोप लगाएका छन् ।

कुल मतभारको ५० प्रतिशत कटाउने उम्मेदवार विजयी घोषित हुनेछन् ।

 

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ९ : ४८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले