२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

भेरी अस्पतालका स्वास्थ्यकर्मीकाे आन्दोलनलाई अस्पताल विकास समितिका अध्यक्षले भने ‘नाटक’



नेपालगंज । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालमा स्वास्थ्यकर्मीरुले गरेको सांकेतिक आन्दोलनलाई नाटकको संज्ञा दिएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीलाई आन्दोलन अति भएको भन्दै खति ब्यहोर्न चेतावनी समेत दिएका छन् ।

अध्यक्ष धितालले नेपाल सरकार स्वास्थ्यकर्मी माथि संवेदनशील ढंगले अघि बढेको भन्दै स्वास्थ्यकर्मीको आन्दोलनलाई अस्पतालमा राजनीति भैरहेको आरोप समेत लगाएका छन् ।

समितिले प्रतिवेदन वुझाए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन भने प्रतिवेदन माथि औपचारिक कार्वाही पनि सुरु भएको छैन । यस्तो बेलामा अस्पताल विकास समितिका अध्यक्षबाट आएको धम्कीपूर्ण अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

चिकित्सक माथि ज्यान लिने गरी भएको आक्रमणको सत्य तथ्य छानवीन गर्न गठित ७ सदस्यीय समितिले प्रतिवेदन वुझाएको भोली पल्टै अध्यक्ष धिताल आन्दोलनरत स्वास्थ्यकर्मीमाथि लक्षित गर्दै नाटकको संज्ञा दिएका हुन् । उनले भेरी अस्पतालमा दिनहु हुने नाटक बन्द नगरे अतिकाे खति हुने भन्दै राजनिती बन्द गर्न समेत चेतावनी दिएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि विहीबार राती अन्धाधुन्ध आक्रमण गरेका थिए। उनीहरुले नर्सिङ स्टाफको घाँटी च्याप्ने देखि अन्य स्वास्थ्यकर्मीहरुलाई साँघातिक आक्रमण गरेपछि ३ जना नसै सहित १ जना चिकित्सक एकतलामाथिबाट हाम्फालेर ज्यान बचाएका थिए ।

चिकित्सकहरुमाथि अमानवीय आक्रमण पछि राष्ट्रपतिदेखि विपक्षी दलका नेताहरुसम्मको विरोध पछि बांके प्रशासनले छानवीन समिति बनाएको थियो भने संघीय सरकारको गृहमन्त्रालयले समेत दोषीलाई कार्वाही हुने प्रष्टिकरण दिएको थियो ।

घटना लगत्तै सुरक्षाको माग गर्दै काम बन्द गरेर अस्पताल बाहिर भेला भएपछि प्रहरीले घटनामा संलग्न मानबहादुर रावत सहित तीनजनालाई बांके प्रहरीले ज्यान मार्ने उद्येग अन्तर्गत मुद्दा चलाएको छ । पक्राउ परेका मानबहादुरले प्रहरी हिरातबाटै आफ्नो दाजुको हत्या गर्नेसँग बदला लिएरै छाड्ने भन्दै फेसबुक मार्फत स्वास्थ्यकर्मीलाई धम्कि दिएका थिए ।

मृतक रावतको उपचाररत रहेकै बेलामा समेत पक्राउ परेका मानबहादुर सहितका मृतकका आफन्तले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अध्यक्ष धितालको नाम लिएर स्वास्थ्यकर्मीलाई तर्साउने र धम्काउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य एवं मुख्यमन्त्री पोखरेल निकटमा ब्यक्ति हुन् भने अध्यक्ष धिताल मुख्यमन्त्री पोखरेलको नातेदार हुन् ।

राजनीतिक पहुँचका आधारमा पक्राउ परेकाहरुलाई छाड्न सक्ने वा मुद्दा कमजोर बनाउन सक्ने भन्दै भेरी अस्पतालका स्वास्थ्कर्मीहरुले कामकाजमा दखल नपर्ने गरि घटनाको भोलिपल्ट देखि हरेक साँझ सांकेतिक आन्दोलन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ११ : ०२ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो