१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेका स्वास्थ्यकर्मीहरुले गरे भेरी अस्पताल विकास समितिका अध्यक्ष धितालको भनाईप्रति खेद ब्यक्त



नेपालगन्ज । गते जेठ १३ गते भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथिको सांघातिक आक्रमण गर्ने आक्रमणकारीलाई कडा कारवाही तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको माग गर्दै आन्दोलनरत संघर्ष समितिले भेरी अस्पताल विकास समितिको अध्यक्ष प्रमोद धितालप्रति खेद ब्यक्त गरेको छ ।

गत १५ गतेबाट सांकेतिक आन्दोलन मार्फत दोषीलाई कडा कारवाही तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाका लागि कडा कानुन् बनाउन राज्यलाई दवाव दिन आन्दोलनरत स्वास्थ्यकर्मीहरुको संघर्ष समितिले विकास समितिका अध्यक्ष धितालले आन्दोलन प्रति लक्षित गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेको अभिब्यक्ति प्रति खेद ब्यक्त गरेको हो ।

संघर्ष समितिको तर्फबाट आज प्रकाशित विज्ञप्तिमा अध्यक्ष धितालले सामाजिक सञ्जाल मार्फत गैर जिम्मेवार तरिकाबाट बारम्बार उत्तेजित हुने धम्किपूर्ण विचार सम्प्रेषण गर्दै आएकोमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा अध्यक्ष धितालको सामाजिक सञ्जालमा आएको अभिब्यक्ति प्रति समितिले खेद प्रकट गर्नुका साथै भत्र्सना पनि गरिएको छ ।

कठिन परिस्थितीमा अध्यक्षले एक कुशल अभिभाकत्व निभाउनु पर्नेमा अध्यक्षबाट आएको गम्भिर प्रकृतिका अभिब्यक्तिबाट संघर्ष समिति मर्माहित भएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा यसप्रकारको गैरजिम्मेवारपूर्ण अभिब्यक्तिका कारण शान्तिपूर्ण विरोध कार्यक्रम उत्तेजित भई अस्पतालको सेवामा कुनै असर परेका त्यसको जिम्मा सम्बन्धित प्षले लिनु पर्ने विज्ञप्तिमा चेतावनी दिईएको छ ।

विज्ञप्तिमा नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. बिनोद कर्ण, सदस्यहरु लक्ष्मी केसी, होमनाथ सुबेदी, शिला शर्मा, प्रचण्ड गौतम, कुहिनुर फारुकी र सुमन गिरीले हस्ताक्षर गरेका छन् ।

दाङका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा गत १३ गते राती मृत्यु भएपछि मृतक रावतका दुईजना भाई र एकजना छोरा समेतले नसिंङ स्टाफको घाँटी थिच्नुका साथै चिकित्सकहरुको टोलिलाई लखेटि लखेटि आक्रमण गरेका थिए । उनीहरु अस्पतालको एकतलाबाट हाम्फालेर ज्यान बचाएका थिए । त्यस यता बाँकेका स्वास्थ्यकर्मीहरुले सेवामा असर नपर्ने गरि हरेक दिन साँझ प्ले कार्ड लिएर मौन धर्ना दिँदै आएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ९ : ५९ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश