६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेशसभा : विपक्षी वेञ्च खाली, प्रदेश प्रमुखद्वारा नीति कार्यक्रम वाचन



बुटवल । लुम्बिनी प्रदेश सरकारले विपक्षी सांसदहरुको उपस्थिती विना प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

गत बैशाख १९ गते मुख्यमन्त्रीको पुनर्नियुक्ती र त्यसपछि जवरजस्ती सपथ खुवाएको भन्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक विपक्षी गठबन्धनका सांसदहरुले बहिस्कार गरेका छन् ।

विपक्षी सांसदहरुको अनुपस्थितीमै प्रदेश प्रमुख धर्मनाथ यादवले आज आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले नीति तथा कार्यक्रम बहिस्कार गरेका छन्। यी दलहरुले प्रमुख सचेतकहरुलाई मात्र प्रदेशसभामा पठाएर अन्य सांसदलाई बहिस्कार गर्न निर्देशन दिए अनुसार सांसदहरु प्रदेशसभामा अनुपस्थित भएका हुन् ।

बैशाख १९ गते सांसदहरुमाथि अभद्र व्यवहार गर्दै मुख्यमन्त्रीलाई जवरजस्ती सपथ खुवाइएको विरोधमा प्रदेशसभाको बैठक बहिस्कार गरेको ती दलहरुले आज एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका थिए ।

 

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : ४२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क