१८ चैत्र २०८२, बुधबार | April 1, 2026

असार १ देखि निषेधाज्ञा के हुन्छ ? उपत्यकाका सीडीओहरु छलफल गर्दै



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा अबस्था अब के हुन्छ ? निर्णय गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) छलफल गर्दैछन् ।

दिउँसो ३ बजे सीडीओ छलफलले अब थप हुने निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्नेछ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराईबीच छलफल हुनलागेको हो ।

गृहमन्त्रालयले आर्थिक गतिविधि बढाउने गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिसकेको छ ।

उपत्यकामा असार १ गतेबाट निषेधाज्ञालाई कसरी लैजाने भन्ने विषयमा छलफल गरी सीडीओ बैठकले निस्कर्ष निकाल्नेछ । यसअघि लगाईँदै आएको निषेधाज्ञा भोलि जेठ ३१ गतेरातिसम्म कायम छ ।

अहिले जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डलाई पालना गर्ने गरी थप छुट हुनसक्ने बताइएको छ । आर्थिक वर्षको अन्तिम महिना समेत भएका कारण सरकारलाई राजस्व उठाउनुपर्ने चाप बढी छ । त्यसैले पनि आर्थिक गतिविधिमा केन्द्रित हुनेगरी बैंक तथा वित्तीय संस्था र कर उठाउने सरकारी कार्यालयहरुमा केही छुट हुनसक्ने अनुमान गरिएको छ । यस्तै उपत्यकामा रोपाई सुरु गर्ने बेला भैसकेका कारण कृषिसँग सम्बद्ध क्षेत्र खुला हुनेसम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ११ : ३७ बजे

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको