२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सन्देश : आनीबानी र आहार बिहार सुधारे कोभिड १९ संग लड्न सकिन्छ



बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिकहरुले आफ्नो आनीबानी र खानपानमा सुधार गर्न सके कोरोना भाइरससंग लड्न सकने बताउनुभएको छ ।

आज प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले घोषणा गरेको लक डाउन जनताकै स्वास्थ्यका लागि भएको भन्दै सबैले सरकारको घोषणा पालना गर्नु कर्तब्य भएको बताउनु भयो । उहांले टोल बिकास संस्थाहरुलाई आफ्नो टोलमा टोल बाहिरका ब्यक्तिहरुलाई आउन नदिई सरकारको लकडाउनलाई सफल बनाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले दैनिक उपभोग्य वस्तुको आपुर्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै सरकारको घोषणालाई सबैले पालना गर्न सकेमात्र बिश्वमा फैलिएको माहामारी नियन्त्रण गर्न सकिने बताउनु भयो ।

यसै बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले सरकारले घोषणा गरेको लक डाउनको कार्यान्वयनमा आजैबाट प्रशासनले कडाईकासाथ पालना गराईने बताउनु भएको छ ।

उहांले संक्रामक रोग निवारण ऐन अनुसार लक डाउन भएकाले सुरुका दिनमा जनता आफै लक डाउनमा सहभागि हुन् भन्दै प्रशासनले कडाई नगरेको बताउंदै आवश्यक परे स्थानीय प्रशासन ऐन अनुसार कारवाहि गरिने बताउनुभयो ।

स्थानीय प्रशासन ऐनमा प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञा जारी गर्न पाउने र आवश्यक बल प्रयोग गर्न पाउने ब्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्थले आपुर्ति ब्यवस्थालाई सहज बनाउन खाद्यान्ह, तरकारी, डेरी , औषधी जस्ता वस्तुका पसलहरु दिनभरी खोल्ने वाताबरण बनाईने बताउंदै त्यस्ता पसलहरुले स्वास्थ्य सुरक्षा र भिडभाड नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सरकारले अत्यावश्यक सेवा सुचारु गर्ने बताएपनि जिल्लामा स्थानीय प्रशासनले त्यस्ता पसलहरु समेत बन्द गर्न भनेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : १० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका