१७ बैशाख २०८१, सोमबार | April 29, 2024

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय



काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ ।

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आएका ७०० भन्दा बढीको परीक्षण गर्दा कुनै पनि सङ्क्रमण फेला नपरेको बताउनुभयो ।

यसअघि नेपालमा तीन नेपालीमा कोरोना भाइरस पोजेटिभ भएको देखिएकामा एक जनालाई पूर्ण रुपमा ठीक भएको र अन्य दुई जनाको उपचार भइरहेको छ ।

विदेशबाट आएका नागरिकले आफूलाई सङ्क्रमण भएको कसरी थाहा पाउने कहाँ बस्ने जस्ता प्रश्न गरिरहेका उल्लेख गर्दै सचिव कोइरालाले भन्नुभयो, “विदेशबाट फर्किका कोही पनि आत्तिनु पर्दैन, यो भाइरसका कारण तपाईहरुलाई रुघा लाग्नसक्छ, खोकी लाग्ने र ज्वरो आउन सक्छ, लक्षण देखिना साथ यही हो भन्ने हुँदैन ।”

उहाले यदि त्यस्तो आशङ्का भएमा आइशोलेसनमा बसेर तीन÷चार दिन हेर्दै गएर लक्षण बढ्दै गएमा अस्पतालमा नमूना परीक्षण गर्नुपर्ने र त्यसको थप उपचार सरकारले अगाडि बढाउने प्रष्ट पार्नुभयो ।

सचिव कोइरालाले देशभर २५ अस्पताललाई ‘फिवर हब’ का रुपमा सञ्चालन गर्न तोकिएको र सञ्चालनका लागि आवश्यक उपकरण किन्न प्रत्येक अस्पताललाई रु १० लाख रकम उपलब्ध गराइसकेको जानकारी दिनुभयो ।

उहाले धेरै डराइकन विश्व स्वास्थ्य सङ्गठनले छ फिट टाढा बस्ने, साबुन पानीले बेलाबेलामा हात धोइरहने, सकेसम्म घरमै बस्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ५६ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको