१८ माघ २०८२, आइतबार | February 1, 2026

निषेधाज्ञा क्रमशः खुकुलो हुँदै



काठमाडौं । कोरोना (कोभिड-१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ ।

कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ ।

योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ ।

कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै कतिपय जिल्लामा जारी निषेधाज्ञा क्रमशः खुकुलो पार्न थालिएको छ । तर काठमाडौं उपत्यकाको हकमा भने अझै जारी निषेधाज्ञा खुकुलो बनाउन सक्ने अवस्था आई नसकेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक उच्च अधिकारीका अनुसार जारी निषेधाज्ञाको पालना गर्दै विकास निर्माण, ढुवानीलगायत आर्थिक गतिविधि बढाउने कार्यमा अवरोध गरिएको छैन ।

आर्थिक वर्ष अन्तिम महिनाको करलगायत हिसाबकिताब मिलाउनसमेत व्यापार, व्यवसायी नियमित कार्यालय जानुपर्ने भएकाले पनि स्वास्थ्य मापदण्डलाई ध्यान दिई खुकुलो गरिएको हो । आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : २९ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए