१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कोरोना संक्रमितको संख्या निरन्तर घट्दै, २४ घण्टामा थप २२९७ संक्रमित थपिए, ४६ को मृत्यु



काठमाडौं । सोमबार कोरोना संक्रमितको संख्या अझै घटेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५८४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ४ हजार ३२१ जोन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअवधिमा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दा सक्रिय संक्रमितको संख्या पनि विस्तारै घटिरहेको छ । हाल हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भएको भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : १२ बजे

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

आजदेखि संसद् अधिवेशन

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि