१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

उपत्यकाका तीन सीडीओहरुको बैठक सकियो, सार्वजनिक यातायात सञ्चालनबारे छलफल



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)हरुको बैठक सकिएको छ । तर निषेधाज्ञाबारे निर्णय भोलि मात्रै गरिने भएको छ ।

आज बसेको बैठकले मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल गरेपनि त्यसबारे थप भोलि निर्णय गरिने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले सार्वजनिक यातायात सञ्चालनको सन्दर्भमा प्रस्ताव आएपनि त्यसबारे आपसी छलफल गरेर मात्रै थप निर्णय गरिने बताए ।

संक्रमण दरको अवस्था पनि विश्लेषण गरिरहेको प्रजिअ पराजुलीले बताए । जनस्वास्थ्य कार्यालयको रिपोर्टअनुसार अहिले काठमाडौंको संक्रमणदर १२/१३ प्रतिशत रहेको उनको भनाई छ ।

“आजको बैठकले निषेधाज्ञा थप गर्नेबारे अनौपचारिक निर्णय गरेको छ तर कति समय थप गर्ने भन्ने विषयमा भोलि मात्रै निर्णय हुनेछ ।” उनले भने- “सार्वजनिक यातायात सञ्चालनको सवालमा प्रस्ताव भने आएको छ तर त्यसबारे भोलि आपसी छलफल गरेर मात्रै निर्णय गरिनेछ ।”

आज बसेको ललितपुरको डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव तीनै जिल्लाको बैठकमा लैजाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : २९ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको