काठमाडौं । कोरोनाको दोस्रो लहर सुरुभएयता कोरोना संक्रमणबाट शनिबार सबैभन्दा कम मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मात्र मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ ।
यसै अवधिमा २ हजार ३२८ जना संक्रमित थपिएका छन् । १० हजार १३३ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यतिका संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
प्रतिक्रिया