१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले कार्यदलले आजपनि निकास दिन सकेन, ओली पक्षले विचाराधीन मुद्दालाई प्रभावित पार्न सहमति खोजेको नेपाल पक्षको आरोप



काठमाडौं । विगत चार दिनदेखि सहमति नजिक पुग्नै लागेको भन्दै बस्दै गरेको एमाले कार्यदलको बैठकले आज पनि सहमतिको ठोस निष्कर्ष निकाल्न सकेन । अर्को बैठकबाट ठोस निष्कर्ष निस्कन्छ भन्दै बैठक बस्दै गरेको कार्यदलका सदस्यहरु आजको बैठकबाट बाहिरिँदै गर्दा १० दिन अगाडि जहाँ रोकिएको थियो त्यहिँ सम्वाद अड्किएको प्रतिक्रिया दिएका छन् ।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि आवश्यक गृहकार्य गरेर आज साँझ सम्म सहमतिको बिन्दु पहिल्याउने दाबी कार्यदलका सदस्यहरुले गरेका थिए ।

बिहीबार साँझ ७ बजे निकास निकाल्ने गरि बैठक गर्ने गरि आजै बिहान भएको कार्यदलको निर्णयलाई लत्याउँदै आज साँझ बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएको नेपाल पक्षका एकजना कार्यदलका सदस्यले बताए । ‘अर्थ मन्त्रालयमा कार्यदलको बैठक पनि बोलाइएको थियो । तर बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल अनुपस्थित रहे ।’ उनले भने ।

बैठकबाट बाहिरिँदै कार्यदलमा नेपाल पक्षका सदस्य घनश्याम भुसालले अनौपचारिक छलफल गरेर १० दिन अगाडि जुन एजेण्डाहरु तय गरिएको थियो त्यसमा कुनै प्रगति नभएको बताए । ‘गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं ।’ उनले भने ।

नेपालपक्षका नेताहरुले ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन् । ओली पक्षले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न मात्र सहमति खोजेजस्तो गरेको नेपाल पक्षका नेताहरुको आशंका गरेका छन् ।

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : २४ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा