७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले कार्यदलले आजपनि निकास दिन सकेन, ओली पक्षले विचाराधीन मुद्दालाई प्रभावित पार्न सहमति खोजेको नेपाल पक्षको आरोप



काठमाडौं । विगत चार दिनदेखि सहमति नजिक पुग्नै लागेको भन्दै बस्दै गरेको एमाले कार्यदलको बैठकले आज पनि सहमतिको ठोस निष्कर्ष निकाल्न सकेन । अर्को बैठकबाट ठोस निष्कर्ष निस्कन्छ भन्दै बैठक बस्दै गरेको कार्यदलका सदस्यहरु आजको बैठकबाट बाहिरिँदै गर्दा १० दिन अगाडि जहाँ रोकिएको थियो त्यहिँ सम्वाद अड्किएको प्रतिक्रिया दिएका छन् ।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि आवश्यक गृहकार्य गरेर आज साँझ सम्म सहमतिको बिन्दु पहिल्याउने दाबी कार्यदलका सदस्यहरुले गरेका थिए ।

बिहीबार साँझ ७ बजे निकास निकाल्ने गरि बैठक गर्ने गरि आजै बिहान भएको कार्यदलको निर्णयलाई लत्याउँदै आज साँझ बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएको नेपाल पक्षका एकजना कार्यदलका सदस्यले बताए । ‘अर्थ मन्त्रालयमा कार्यदलको बैठक पनि बोलाइएको थियो । तर बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल अनुपस्थित रहे ।’ उनले भने ।

बैठकबाट बाहिरिँदै कार्यदलमा नेपाल पक्षका सदस्य घनश्याम भुसालले अनौपचारिक छलफल गरेर १० दिन अगाडि जुन एजेण्डाहरु तय गरिएको थियो त्यसमा कुनै प्रगति नभएको बताए । ‘गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं ।’ उनले भने ।

नेपालपक्षका नेताहरुले ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन् । ओली पक्षले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न मात्र सहमति खोजेजस्तो गरेको नेपाल पक्षका नेताहरुको आशंका गरेका छन् ।

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : २४ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले