२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

एमाले कार्यदल बैठक सिंहदरबारमा, विवाद समाधानका लागि तयार पारिएको ड्राफ्टमा छलफल



काठमाडौं । पार्टीभित्रको विवाद समाधान गठन गठित नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ।

एमालेको संस्थापन पक्ष र माधवकुमार नेपाल पक्षबीच पार्टी फुटकै स्तरमा देखिएको विवाद मिलाउन गठन भएको कार्यदल बैठक केहीदिनयता लगातार बस्दै आएको छ । शुक्रबारको बैठक बस्नुअघि एमालेको दुई पक्षका सदस्यहरुले अनौपचारिक छलफल गरेका छन् ।

बिहीबार साँझ ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल मन्त्रिपरिषद् बैठकमा भाग लिन गएपछि कार्यदल बैठक केही बेर बसेर आज बस्ने गरी स्थगित भएको थियो । बिहीबार माधव पक्षका नेता घनश्याम भुसालले १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका थिए ।

तर, कार्यदलले ड्राफ्ट तयार पारेर विवादको संक्षेपीकरण गर्दै पाँचवटा बुँदामा केन्द्रित गरेको बताइएको छ । कार्यदलमा सहमति भए अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता हुने त्यसपछि संयुक्त विज्ञप्ति समेत जारी हुने अपेक्षा दुवै पषका कार्यदल सदस्यहरुले गरेका छन् ।

माधव पक्षले अध्यक्ष ओलीले गत फागुन २८ यता एकलौटी रुपमा गरेका सबै निर्णय खारेज गर्नुपर्ने माग गरिरहेको छ । यस्तै ओली पक्षले विनाशर्त सरकारको समर्थन र वचाउ गर्नुपर्ने, पार्टीको निर्णय मान्नुपर्ने शर्त राखेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : १० बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा