२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

एमाले विवाद : दुवै पक्षका कार्यदल सदस्य भन्छन्, – आजै टुंग्याउने प्रयासमा छौं



काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका मस्यौदलाई आजै टुंग्याउने प्रयास गरेको छ ।

सिंहदरबारमा ५ घण्टादेखि बसिरहेको बैठकमा आजै सहमति खोज्ने प्रयास भैरहेको कार्यदल सदस्यहरुले बताएका छन् ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट सदस्य बनेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै टुंग्याउने गरी छलफल भैरहेको बताएका छन् ।

यस्तै, माधवकुमार नेपाल पक्षबाट सदस्य बनेका नेता रघुजी पन्तले पनि विवाद समाधान आजै टुंग्याउने गरी सकारात्मक छलफल भइरहेको बताएका छन् ।

कार्यदल सदस्यहरुले सहमतिको मस्यौदामा छलफल गरिरहेका छन् । लगातार १० दिनदेखि बसिरहेको कार्यदल बैठकमामा सहमति भए अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँगै कार्यदलको संयुक्त बैठक बस्ने र त्यहिँबाट दुई शीर्ष नेताको सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : २८ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा