२३ भदौ २०८३, मंगलबार | September 8, 2026

अटो, बोलेरोदेखि ट्रकमा समेत गाँजा ओसारपसार



काठमाडौं । गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ ।

यता, गाँजालगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ भनिँदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि मकवानपुर मनहरी गाउँपालिका-६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झन्डै १ क्विन्टल गाँजा हेटौंडामा प्रहरीले बरामद ग९यो ।

गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नुअगावै हेटौंडा ११ थाना भ९याङमै नियन्त्रणमा लिने प्रयास गरेको थियो । चालकले चलाखीपूर्वक कन्टेनर भुटनदेवी मोडमा पु¥यायो । तर, सोही मोडमा प्रहरीले नियन्त्रणमा लियो । कन्टेनरमा रहेका १२ पोका अर्थात् ९६ किलो ४ सय ग्राम गाँजा र तस्करीमा संलग्न पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लियो ।

यसपटक बरामद गरेको गाँजा र तस्करमा संलग्नबारे अनुसन्धान गर्दागर्दा प्रहरीले भोलिपल्ट अझै ठूलो परिमाणमा उसैगरी ट्रकमा लोडगरी ल्याइएको गाँजा फेला पा¥यो । अघिल्लो दिन ९६ किलो गाँजा बरामद गरेको प्रहरीले भोलिपल्ट बिहीबार १ सय ४३ किलो अर्थात् झन्डै डेढ क्विन्टल गाँजा बरामद ग¥यो । आजको राजधानी दैनिकमा सरिता दाहालले लेखेकी छन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : २६ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका