२४ मंसिर २०८२, बुधबार | December 10, 2025

अटो, बोलेरोदेखि ट्रकमा समेत गाँजा ओसारपसार



काठमाडौं । गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ ।

यता, गाँजालगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ भनिँदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि मकवानपुर मनहरी गाउँपालिका-६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झन्डै १ क्विन्टल गाँजा हेटौंडामा प्रहरीले बरामद ग९यो ।

गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नुअगावै हेटौंडा ११ थाना भ९याङमै नियन्त्रणमा लिने प्रयास गरेको थियो । चालकले चलाखीपूर्वक कन्टेनर भुटनदेवी मोडमा पु¥यायो । तर, सोही मोडमा प्रहरीले नियन्त्रणमा लियो । कन्टेनरमा रहेका १२ पोका अर्थात् ९६ किलो ४ सय ग्राम गाँजा र तस्करीमा संलग्न पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लियो ।

यसपटक बरामद गरेको गाँजा र तस्करमा संलग्नबारे अनुसन्धान गर्दागर्दा प्रहरीले भोलिपल्ट अझै ठूलो परिमाणमा उसैगरी ट्रकमा लोडगरी ल्याइएको गाँजा फेला पा¥यो । अघिल्लो दिन ९६ किलो गाँजा बरामद गरेको प्रहरीले भोलिपल्ट बिहीबार १ सय ४३ किलो अर्थात् झन्डै डेढ क्विन्टल गाँजा बरामद ग¥यो । आजको राजधानी दैनिकमा सरिता दाहालले लेखेकी छन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : २६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल