१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आज साढे २ बजे एमाले कार्यदलको बैठक बस्ने, सहमतिमा पुगिने कार्यदलका सदस्यहरुको दाबी



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज साढे २ बजेबाट शुरु हुँदै छ । निर्णायक र सहारात्मक निर्णय आउने दाबी गरिएको बैठक सिंहदरवार स्थित अर्थमन्त्रालयमा बस्ने तय भएको छ ।

सहमतिको नजिक पुगेको भनिएको शुक्रबारको बैठकको निष्कर्षलाई फाईनल ड्राफ्ट बनाउने भनिएपनि मुलभुत बिषयमा सहमति हुन बाँकी रहेको कार्यदल स्रोतले दाबी गरेको छ ।

माओवादी केन्द्रबाट आएका २३ जनाको व्यवस्थापन, ओली पक्षले धमाधम् एकल निर्णयमा गरेका निर्णयहरु, विपक्षीदललाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले गरेको हस्ताक्षर लगायतका बिषयमा सहमति हुन बाँकी रहेको स्रोतको दाबी छ ।

कार्यदलका सदस्यहरुले सहमति नजिक पुगिएको बताएपनि नेपाल पक्षका नेताहरुले यथास्थितीमा एकता सम्भव नभएको बताउन थालेका छन् । नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले कार्यदलले आम कार्यकर्तालाई भ्रम छर्ने काम गरेको भन्दै कार्यदलका सदस्यहरुको आलोचना गरेकी छिन् ।
कार्यदलका सदस्यहरुले भने विवादमा विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको बताएका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ४१ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा