१९ असार २०८३, शुक्रबार | July 3, 2026

आज साढे २ बजे एमाले कार्यदलको बैठक बस्ने, सहमतिमा पुगिने कार्यदलका सदस्यहरुको दाबी



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज साढे २ बजेबाट शुरु हुँदै छ । निर्णायक र सहारात्मक निर्णय आउने दाबी गरिएको बैठक सिंहदरवार स्थित अर्थमन्त्रालयमा बस्ने तय भएको छ ।

सहमतिको नजिक पुगेको भनिएको शुक्रबारको बैठकको निष्कर्षलाई फाईनल ड्राफ्ट बनाउने भनिएपनि मुलभुत बिषयमा सहमति हुन बाँकी रहेको कार्यदल स्रोतले दाबी गरेको छ ।

माओवादी केन्द्रबाट आएका २३ जनाको व्यवस्थापन, ओली पक्षले धमाधम् एकल निर्णयमा गरेका निर्णयहरु, विपक्षीदललाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले गरेको हस्ताक्षर लगायतका बिषयमा सहमति हुन बाँकी रहेको स्रोतको दाबी छ ।

कार्यदलका सदस्यहरुले सहमति नजिक पुगिएको बताएपनि नेपाल पक्षका नेताहरुले यथास्थितीमा एकता सम्भव नभएको बताउन थालेका छन् । नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले कार्यदलले आम कार्यकर्तालाई भ्रम छर्ने काम गरेको भन्दै कार्यदलका सदस्यहरुको आलोचना गरेकी छिन् ।
कार्यदलका सदस्यहरुले भने विवादमा विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको बताएका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ४१ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा