७ पुस २०८२, सोमबार | December 22, 2025

१०बुँदे सहमतिप्रति माधव नेपालको स्पष्टीकरण : अदालतमा २३ सांसदको हस्ताक्षर कायमै छ



काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन आइतबार राति १० बजे नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरे पनि त्यसलाई बुझ्ने र व्याख्या गर्ने क्रममा १० घण्टा नवित्दै विवाद सुरु भएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कुरा कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । १० बुँदे सहमति भएको भोलिपल्ट बिहानै नेता नेपालले सो सहमतिको गलत व्याख्या गर्न थालिएको प्रति आपत्ति जनाउँदै अदालतमा विचाराधीन मुद्दामा रहेको पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् ।

सहमति भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकारले त्यसको गलत व्याख्या गरेर भ्रम फैलाएको भन्दै नेता नेपालले भनेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ५६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८