१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

‘संविधानमाथि आक्रमण गर्नेलाई अदालतले सजग गराएको छ’ : डा. मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सर्वोच्च अदालतले संविधान मिच्नेलाई सजग गराउन खोजेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै नेता रिजालले भनेका छन्, ‘हरेक विवेकको मत दिने धारामाथि आक्रमण हुँदाखेरी, त्यहि विवेकमा अदालतले प्रधानमन्त्री नियुक्ती गरेको होइन । संविधान मिच्नेहरुलाई सजग गराउन अदालतको निर्णय गरको हो ।’

यस्तै, नेता रिजालले ग्रिक पौराणिक कथाको उदाहरण दिँदै प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न चेतावनीसमेत दिएका छन् । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछ । समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ ।’ उनले स्मरण गराएका छन् ।

उनले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने विश्वास दिलाएका छन् । उनले भने, “अदालतले प्रधानमन्त्रीले नियुक्त गरेको नभई कानूनी राज्य र लोकतन्त्र कायम राख्नुपर्छ भनेर निर्णय सुनाएको हो, अदालतले गरेको निर्णयलाई विशिष्ट तागतका रूपमा बुझ्न जरुरी छ ।”

कांग्रेसले विपक्षको सकारात्मक आलोचना र टीकाटिप्पणीलाई सदासर्वदा सम्मान गर्ने बताउँदै पूर्वमन्त्री रिजाले भने, “नेका निर्वाचनमा हुने हारलाई सहर्ष स्वीकार्ने लोकतान्त्रिक दल हो, लोकतन्त्रमा विश्वास राख्नेलाई कांग्रेसले असहमत हुनेलाई पनि सम्मान गर्न सिकाउँछ ।”

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : २४ बजे

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै