२९ चैत्र २०८२, आइतबार | April 13, 2026

फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको माधव नेपालको दाबी



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो पटक संसद विघटन गर्ने षड्यन्त्रलाई असफल पारेको दाबी गरेका छन् ।

पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा गरेको प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले साउन ३ गते संसद विघटन गर्ने षड्यन्त्रलाई असफल पारिएको दाबी गरेका हुन् । नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिइ संसद विघटन गर्न खोजिएको षड्यन्त्रलाई आफु सहितका सांसदहरुले असफल बनाएको बताए ।

नेपालले संसद विघटन गर्ने आफ्नो कदम ठीक भएको देखाउन आफ्नै पार्टीका केपी शर्मा ओलीले विश्वासको मत नदिने षड्यन्त्र गरेको जिकिर गरे । ‘तर हामीहरुले त्यसलाई असफल बनायौं’, उनले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । बडो जायज काम गरेका छौं ।’

नेपालले देउवालाई विश्वासको मत दिने आफुसहित नेकपा एमालेका २३ जना (झलनाथ खनालसहित) र विपक्षमा मतदान नगर्ने ११ जनालाई सलाम भने ।

नेपालले अहिले पनि अध्यक्ष ओलीले राजामहाराजाको शैली देखाइरहेको आरोप लगाए । उनले ओलीलाई कटाक्ष गर्दै भने, ‘हिजो मात्रै राजामहाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनेँ। महाराजाधिराजबाट आदेश आयो, आममाफीको हामी खुसी भयौँ गदगद भयौँ ।’ बिहीबारमात्रै ओलीले यही सभाहलबाट माधवनेपालहरुलाई आम माफीको घोषणा गरेका थिए ।

नेपालले आफुले अझै पनि उनले ओली सुध्रिएलान् भनेर आफूले संयमता अपनाइरहेको पनि बताए। ओलीको स्वेच्छाचारी प्रवृत्ति र लोकतन्त्रविरोधी कार्यशैलीका कारण समस्या भएको भन्दै उनले १२१ सिटको कम्युनिष्ट पार्टी ८३ सिटमा झरिसक्दा पनि ओलीले नचेतेको टिप्पणी गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : ४४ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्