१९ असार २०८३, शुक्रबार | July 4, 2026

ओली भन्छन् – देशको सबैभन्दा ठूलो जनसंख्या केपी ओलीको साथमा छ



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन। ओलीले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए ।

“बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, ओलीले भने “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउँ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।”

अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिस आफ्नो बदनामीमा लागेको बताए । ‘केपी ओलीका सुन्ड मुण्डहरूले घर अगाडि आएर पख्लास् भने रे’, केही दिन अघि माधव नेपालले ओलीबारे बोलेको कुरालाई व्यंग गर्दै उनले भने, ‘यस्ता कुरा नगरे हुन्छ । केपी ओलीको साथमा रहेको कुनै झुन्ड होइन, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेको साथमा छ । देशको सबैभन्दा ठूलो जनसङ्ख्या केपी ओलीको साथमा छ ।’

ओलीले आफु विरुद्ध मुख छाडेर कसैको जीविका चल्छ भने खुसी नै हुने बताए । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू बदनामीमा लागेर आफुलाई केही नहुने उनको तर्क थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।”

अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराधको विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताए । “एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै”, उनले भने, “न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, यसका लागि महिलाको सहयोग जरुरी छ ।”

उनले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए । सङ्घका संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित रुपमा अगाडि बढाइनुपर्नेमा जोड दिइन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ४७ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०