१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान देशभरको मौसम सामान्य अवस्थामा रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भरहेको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । प्रदेश १, बागमती तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, कर्णालीलगायत नदीमा उच्च बहाव तथा पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ४२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज