२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पूर्व युवराज पारस कानुन भन्दा माथि ? मदिरा पिएर बिना हेल्मेट सडकमा निस्केका पारसलाई प्रहरीबाट उन्मुक्ति



काठमाडौं । बेलाबेलामा वितण्डा मच्चाईरहने पुर्व युवराज पारस शाहले आज फेरि महाराजगन्जको नारायणगोपाल चौकमा वितण्डा मच्चाएका छन् । मदिराको नशामा हेल्मेट नलगाइ मोटरसाइकल चलाइरहेका पूर्व युवराज पारस शाह र प्रहरीबीच राजधानीको महाराजगञ्ज चोकमा घम्साघम्सी परेको छ। शुक्रबार साँझ मदिरा पिएर बिनाहेल्मेट मोटरसाइकल चलाइरहेका उनलाई महाराजगञ्ज चोकमा ड्युटीमा खटिएका प्रहरीले रोक्न खोजेपछि त्यहीँ घम्साघम्सी परेको हो ।

हेल्मेट नलगाएकोबारेमा प्रहरीले सोधखोज गर्दै रोकेपछि उग्र बनेका पारसले प्रहरीलाई औला देखाउँदै गालिगलौज समेत गरेका छन् । आक्रोशित पारसलाई हातमा समातेर रोकेका प्रहरीले थप सहयोगका लागि प्रहरी कन्ट्रोलमा पटक पटक मद्दत माग्दा पनि प्रहरी घटना स्थल नपुगेको सामाजिक सञ्जालमा देखिएको एक भिडीयोमा देखिएको छ ।

सर्वसाधारणले बिना हेल्मेट र मदिरा सेवन गरेर सवारी चलाउँदा चाबी खोस्ने वा चिट काट्ने प्रहरीले पारसलाई भने हेल्मेट लगाईदिएर घर पठाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले ट्राफिक नियम विपरीत सवारी चलाइरहेको अवस्थामा ड्युटीमा तैनाथ कर्मचारीले रोकेर सोधखोज गरेको बताउँदै पछि सम्झाई बुझाई पठाईएको बताए।

जुन भिडियोमा पारसको हात समातिरहेका एकजना प्रहरीले माथिल्लो निकायमा सञ्चार सेटबाट रिपोर्टिङ गर्दा रक्सी पिएर आएका उनले बिनाहेल्मेट मोटरसाइकल चलाइरहेको बताउँदै गरेको सुन्न सकिन्छ।

ट्राफिक नियम उलंघन गरेकाले प्रहरीले पारसलाई प्रहरी कार्यालय जानुपर्ने बताइरहँदा पारसले उग्र शैलीमा, ‘जान्न, म जाँदै जान्न, तैँले के गर्छस् ? तँ को होस्’ भन्दै हप्कीदप्की गरिरहेको सो भिडीयोमा सुन्न र हेर्न सकिन्छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ४१ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको