१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पूर्व युवराज पारस कानुन भन्दा माथि ? मदिरा पिएर बिना हेल्मेट सडकमा निस्केका पारसलाई प्रहरीबाट उन्मुक्ति



काठमाडौं । बेलाबेलामा वितण्डा मच्चाईरहने पुर्व युवराज पारस शाहले आज फेरि महाराजगन्जको नारायणगोपाल चौकमा वितण्डा मच्चाएका छन् । मदिराको नशामा हेल्मेट नलगाइ मोटरसाइकल चलाइरहेका पूर्व युवराज पारस शाह र प्रहरीबीच राजधानीको महाराजगञ्ज चोकमा घम्साघम्सी परेको छ। शुक्रबार साँझ मदिरा पिएर बिनाहेल्मेट मोटरसाइकल चलाइरहेका उनलाई महाराजगञ्ज चोकमा ड्युटीमा खटिएका प्रहरीले रोक्न खोजेपछि त्यहीँ घम्साघम्सी परेको हो ।

हेल्मेट नलगाएकोबारेमा प्रहरीले सोधखोज गर्दै रोकेपछि उग्र बनेका पारसले प्रहरीलाई औला देखाउँदै गालिगलौज समेत गरेका छन् । आक्रोशित पारसलाई हातमा समातेर रोकेका प्रहरीले थप सहयोगका लागि प्रहरी कन्ट्रोलमा पटक पटक मद्दत माग्दा पनि प्रहरी घटना स्थल नपुगेको सामाजिक सञ्जालमा देखिएको एक भिडीयोमा देखिएको छ ।

सर्वसाधारणले बिना हेल्मेट र मदिरा सेवन गरेर सवारी चलाउँदा चाबी खोस्ने वा चिट काट्ने प्रहरीले पारसलाई भने हेल्मेट लगाईदिएर घर पठाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले ट्राफिक नियम विपरीत सवारी चलाइरहेको अवस्थामा ड्युटीमा तैनाथ कर्मचारीले रोकेर सोधखोज गरेको बताउँदै पछि सम्झाई बुझाई पठाईएको बताए।

जुन भिडियोमा पारसको हात समातिरहेका एकजना प्रहरीले माथिल्लो निकायमा सञ्चार सेटबाट रिपोर्टिङ गर्दा रक्सी पिएर आएका उनले बिनाहेल्मेट मोटरसाइकल चलाइरहेको बताउँदै गरेको सुन्न सकिन्छ।

ट्राफिक नियम उलंघन गरेकाले प्रहरीले पारसलाई प्रहरी कार्यालय जानुपर्ने बताइरहँदा पारसले उग्र शैलीमा, ‘जान्न, म जाँदै जान्न, तैँले के गर्छस् ? तँ को होस्’ भन्दै हप्कीदप्की गरिरहेको सो भिडीयोमा सुन्न र हेर्न सकिन्छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ४१ बजे

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।