१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्री नेपालीलाई ध्यानाकर्षण



म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका ५ वटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिएपछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ ।

अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानी लगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । २ वर्षदेखि निरन्तररूपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकारसमक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अध्यक्ष पुन सहितको टोलीले भेटेर बजेटलाई निरन्तरता दिन अनुरोध गरेको छ । सडक, शिक्षा र खानेपानीजस्ता जनतालाई प्रत्यक्ष प्रभाव पार्ने योजना कटौती गरेर प्रदेश सरकारले विकटको धौलागिरि गाउँपालिकालाई उपेक्षा गरेको उनले बताइन् ।

प्रदेश सरकारको सहयोगमा २ गाउँपालिका जोड्ने महत्त्वको सडक दरबाङ-बिम-मराङ-मल्कबाङ, कुइने हुँदै पाखापानी जोड्ने कृषि सडक (अघिल्लो वर्ष १ करोड २५ लाख विनियोजन), मुना लुलाङ, गुर्जा सडक (अघिल्लो वर्ष १ करोड २५ लाख विनियोजन) र हेम मावि सिवाङलाई सामाजिक विकास मन्त्रालयबाट नमूना आवासीय विद्यालय सञ्चालनका लागि गत वर्ष २ करोड विनियोजन भएको थियो ।

वडा नम्बर ४ मुदीको बृहत् खानेपानी योजना पनि कटौती गरिएको छ । मुदीवासीका प्रत्येक घरमा खानेपानी उपलब्ध गराउन करीब १ करोड २५ लाख बराबरको बजेट अनुमान गरी कार्यक्रम सञ्चालन हुँदै आएको थियो । प्रदेश सरकारले यसपालिको बजेट वक्तव्यमा योजना समावेश नगरेपछि योजना अलपत्र पर्ने उनले बताइन् । रासस

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : १६ बजे

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।