२२ माघ २०८२, बिहिबार | February 5, 2026

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल पनि बगायो



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची-७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्क गरिएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ४८ बजे

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको