१३ श्रावण २०८३, बुधबार | July 30, 2026

विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ



मकवानपुर । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ ।

वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल ट्युवलर विद्युतीय खम्बासहित प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार मे१ख १५०५ नम्बरको ट्रकमा सो स्टिल खम्बा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक र चोरीमा संलग्न सातै जनालाई पक्राउ गरी अनुसन्धान कार्य शुरु गरिएको छ । साथै उनीहरुका साथबाट नम्बर नखुलेको एक थान मोटरसाइकलसमेत फेला परेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका–१ का ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ बस्ने २७ वर्षीय हरि नेपाल, मकवानपुरको वाग्मती–७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका–३ बस्ने ३२ वर्षीय धनबहादुर लामा र सोही स्थान बस्ने ४० वर्षीय देव पौडेल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : २९ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ