२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चार पूर्वमाओवादी नेतालाई सांसद पदमा पुनर्वहाली गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । नेकपा एमालेको केन्द्रीय नेतामै कायम रहेर माओवादी केन्द्रको सांसद कायम गरिपाउँ भन्ने चार पूर्वमाओवादी नेतालाई पुनर्वहालीको आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीस ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदमा पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रिट दायरकर्ताालाई कारवाही गर्दा स्पष्टीकरणको उचित मौका दिई सांसद पदबाट हटाएको देखिएको सर्वोच्चले ठहर गरेको छ । यस्तै, इजलासमा पेश भएको एमाले अध्यक्ष केपी ओलीको अन्तरपार्टी निर्देशन ९ भन्ने कागजको प्रतिलिपिमा उनीहरु एमालेको केन्द्रीय नेता भएको प्रष्ट भएको सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : १७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती