१४ चैत्र २०८२, शनिबार | March 28, 2026

फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गरिँदै



बीबीसी । चिनियाँ सहर वुहानको आधिकारिक निकायले सहरभरका सम्पूर्ण नागरिकको कोरोना परीक्षण गराउने भएका छन् । स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको पत्ता लागेपछि यस्तो गर्न लागिएको हो ।

एक वर्षमा पहिलोपटक त्यहाँ स्थानीय रुपमा ७ नयाँ संक्रमित फेला परेका छन् । १ करोड १० लाख जनसङ्ख्या बसोबास गर्ने वुहान सहरमा २०१९ मा कोरोना भाइरस सबैभन्दा पहिले देखा परेको थियो ।

कोरोनाबाट लगभग मुक्त भइ साधारण जनजीवनमा फर्किसकेको चीनमा पछिल्ला केही दिन संक्रमण दर एक्कासी बढेको छ । दश दिनमा त्यहाँ ३०० नयाँ संक्रमित भेटिएका छन् । आधिकारिक निकायहरुले अति संक्रमक मानिएको डेल्टा भेरियेन्टका कारण र स्थानीय पर्यटनको सिजन भएकाले नै भाइरस तिव्र रुपमा फैलिरहेको बताएका छन् ।

मंगलबार मात्र चीनभरबाट ९० नयाँ कोरोना बिरामी फेला पारिएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ती मध्ये ६१ स्थानीय स्तरमा संक्रमित भएको पाइएको छ । यस अगाडिसम्म चीनलाई कोरोना नियन्त्रणमा विश्वकै अब्बल मुलुक मध्येको एक मानिँदै आएको थियो । सीमा क्षेत्रमा पनि चीनले प्रभावकारी रुपमा कोरोना नियन्त्रण गर्न सफल भएको देखिन्छ ।

तर केही समय अघि नानजिङस्थित एक अति व्यस्त विमानस्थलमा एकजना कर्मचारी संक्रमित भएको पाइएपछि चिन्ता बढेको हो । यसरी सरकारले नानजिङका ९२ लाख वासिन्दाहरुको तीनपटक परीक्षण गराइसकेको छ र त्यहाँका लाखौँ मानिसलाई लकडाउनमा समेत राखेको छ । यो नयाँ संक्रमणको प्रकोप राजधानी बेइजिङसम्म पनि पुगिसकेको छ जहाँ स्थानीय संक्रमणबारे लगातार खबर आइरहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ५४ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री