२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनीका विपक्षी दलको आरोप : मुख्यमन्त्रीको नेतृत्वमा सांसद अपहरण गरियो



बुटवल । सांसद विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइको भन्दै प्रदेशमा क्रियाशील विपक्षी राजनीतिक दलहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई उनकै घरबाट अपहरण गरी शरीर बन्धक बनाएको घटनाको भत्र्सना गरेका छन् ।

उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र प्रमुख सचेतक भुमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा वलीलाई बन्धक बनाइएको जनाएका छन् । पोखरेल सरकारे बैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रुपमा संचालन भैआएको सर्वविदितै भएको उनीहरुले जनाएका छन् ।

विज्ञप्तिमा अविश्वासको प्रस्तावका सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद बहिस्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना भैरहेको जनाउँदै भनिएको छ, ‘अब पछिल्लो चरणमा केन्द्रीय संसदमा जस्तै यहाँ पनि मुख्यमन्त्री स्वयं सांसद अपहरण, धम्की र किनवेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्न हुँदै गरेको त होइन भन्ने गम्भीर आशंका जन्माएको छ ।’

दलहरुले सरकारको नेतृत्वले अपहरणजस्ता आपराधिक घटनामा प्रत्यक्ष संलग्नता हुनु संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापममा पर्ने आशंका गरेका छन् । उनीहरुले प्रदेश सरकारलाई यस्ता आपराधिक घटनामा संलग्न अपराधीलाई तत्काल कानूनको कठघरामा उपस्थित गराउन माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुश्वप्न नदेख्न चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  २ : ०७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल