१३ श्रावण २०८३, बुधबार | July 29, 2026

मोटरसाइलकको ठक्करबाट प्रहरी इन्स्पेक्टरको मृत्यु



बुटवल । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

सोमबार बेलुकी नवलपरासीको बर्दघाटमा मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पैदल हिडिरहेका इन्स्पेक्टर वाग्लेलाई सोमबार बेलुकी ८ बजे लु १४  प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई तत्कालै भैरहवा मेडिकल कलेज लगिएको थियो ।

उनको उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको बसुन्धाराका बासिन्दा इन्स्पेक्टर वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।

उनलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ५० बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला