२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनी प्रदेश : एमाले संसदीय दलको बैठक शुरु, दिउँसो विश्वासको प्रस्तावमाथि संसदमा छलफल हुँदै



बुटवल । लुम्बिनी प्रदेश अन्तर्गत सत्तारुढ नेकपा एमाले संसदीयदलको बैठक मुख्यमन्त्री निवास बुटवलमा शुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी गठबन्धनबाट आएको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न बोलाईएको बैठक मुख्यमन्त्री निवासमा शुरु भएको हो ।

निवासमै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् । संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्ने वा राजीनामा दिएर मार्ग प्रसस्त गर्ने भन्ने विषयमा छलफल केन्द्रत हुने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

एमालेले बैठकबाट हुने निर्णयहरु भने १२ः३० बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रवक्ता चौधरीले बताए । आज १ बजेबाट शुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव उपर छलफल हुँदैछ । एमालेले १२ः३० सम्म निर्णय सार्वजनिक नगर्नुमा सर्वोच्चबाट अन्तरिम आदेश आईहाल्ने अपेक्षा पार्टीले गरिरहेको एमालेका एक नेताले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ०५ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ