२३ माघ २०८२, शुक्रबार | February 6, 2026

अझै रोकिएनन् बालविवाह



मान्म । कालीकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो ।

किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह भएको मध्ये १६९ कम उमेरमा भएको थियो ।

बालविवाहविरुद्ध अभियान निरन्तर सञ्चालनमा रहेको छ । यस वर्षको वैशाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । “दुई विवाहमा भने मुद्दा चलाइएको छ ।” कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भने, “बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ ।”

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताए । बालविवाहको कारण दाम्पत्य जीवनमा समेत असर गर्ने गरेको र घरेलु हिंसा हुँदै सम्बन्धविच्छेदसम्म हुने गरेका जनाइएको छ ।

जिल्ला अदालतमा २३ सम्बन्धविच्छेदका मुद्दा परेका मध्ये ८० प्रतिशत बालविवाहका कारण सम्बन्धविच्छेदसम्म पुगेको सूचना अधिकारी निरीक्षक शाहीले बताए । रासस

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  २ : १८ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा