८ चैत्र २०८२, आइतबार | March 22, 2026

रुपन्देहीको नेपाल पक्षीय एमालेले भन्यो – ‘पार्टी बचाउन अध्यक्ष ओलीले राजीनामा दिनु पर्छ’



बुटवल। नेकपा एमाले नेपाल पक्ष रुपन्देहीले पार्टी एकता कायम गर्न र पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको छ । नेकपा एमालेको नेपाल पक्षीय रुपन्देही जिल्ला कमिटीको शनिबार बसेको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले अध्यक्ष ओलीलाई राजीनामा दिनका लागि पार्टी जिल्लको तर्फबाट केन्द्रीय कमिटिमा सुझाव पठाउने निर्णय समेत गरेको छ ।
बैठक पछि बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नेपाल पक्षका एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष राजु गुरुङले २÷२ पटक प्रतिनिधिसभा बिघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजिनामा दिन केन्द्रीय कमिटिलाई सुझाव दिने निर्णय गरिएको बताए । बैठकले पार्टी सदस्यता नविकरण र पार्टी सदस्य आवेदन भदौ मसान्त सम्म सम्पन्न गर्न मातहत कमिटिलाई निर्देशन गर्ने निर्णय भएको पनि गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार बैठकले जिल्ला कमिटीको केही पदाधिकारीहरुको मौजुदा जिम्मेवारी पनि हेरफेर गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य डा.बिजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टी एकता कायम हुन नसकेको बताए । उनले प्रतिनिधिसभा विघटन गर्नु र नेकपाभित्र विधि पद्धती मिचेर एकलौटी पार्टी चलाउन खोजेको आरोप लगाउँदै बैठकमा आत्मआलोचना गरेर गल्ती महसुस गर्न समेत ओली तयार नभएका कारण एकताको सम्भावना कमजोर हुँदै गएको बताए ।

एमाले रुपन्देहीका उपसचिव सिद्धिचरण भट्टराईले पार्टीमा सपथ खान बाँकी रहेका केही पदाधिकारीको सपथ ग्रहण गराईनुका साथै भदौ १५ भित्र पालिकास्तर जनवगीय संगठनको कमिटि निर्माण, भदौ मसान्त सम्म शाखा तहको कमिटि गठन र पुनर्गठन अघि बढाउने बढाउने निर्णय भएको जानकारी दिए । पार्टी एकताको आशामा थप गतिबिधि नगरिएको भन्दै भट्टराईले अध्यक्ष ओलीका कारण एकता प्रक्रिया अवरुद्ध भएपछि संगठन विस्तारलाई तिब्र पार्ने निर्णय भएको बताए ।

बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ति, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई , प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकाल, नेताहरु छत्र ब खत्रि, डा.बालकृष्ण चापागाईको उपस्थिती थियो । एमालेको आन्तरिक विवाद चर्किएसँगै रुपन्देहीमा पनि एमाले नेपाल पक्षले समानान्तर कमिटी संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ११ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड