२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेकपा एमाले फुट्यो, एमाले समाजवादी बन्यो नयाँ पार्टी



काठमाडौं । अन्ततः नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी बनाएको छ । नेपाल पक्षीय नेताहरुको काठमाडौंको वानेश्वरस्थित एक होटलमा बसेको बैठकले नेकपा एमाले (समाजवादी) नाम गरेको पार्टी गठन गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरे लगत्तै नेपाल पक्षले एमाले समाजवादी गठन गर्ने औपचारिक निर्णय गरेको हो ।

एमाले समाजवादीको संयोजकमा माधवकमार नेपाल चुनिएका छन् । पार्टी केन्द्रीय कमिटी ९५ सदस्यीय बन्ने भएको छ ।

एमाले समाजवादीका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दर्ता गराएका छन् । पार्टीको चुनाव चिन्ह खुला किताब चयन गरिएको छ । निर्वाचन आयोगले अब प्रक्रिया पुरा गरेर नयाँ पार्टीलाई औपचारिक मान्यता दिनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ५३ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु