८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेकपा एमाले फुट्यो, एमाले समाजवादी बन्यो नयाँ पार्टी



काठमाडौं । अन्ततः नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी बनाएको छ । नेपाल पक्षीय नेताहरुको काठमाडौंको वानेश्वरस्थित एक होटलमा बसेको बैठकले नेकपा एमाले (समाजवादी) नाम गरेको पार्टी गठन गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरे लगत्तै नेपाल पक्षले एमाले समाजवादी गठन गर्ने औपचारिक निर्णय गरेको हो ।

एमाले समाजवादीको संयोजकमा माधवकमार नेपाल चुनिएका छन् । पार्टी केन्द्रीय कमिटी ९५ सदस्यीय बन्ने भएको छ ।

एमाले समाजवादीका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दर्ता गराएका छन् । पार्टीको चुनाव चिन्ह खुला किताब चयन गरिएको छ । निर्वाचन आयोगले अब प्रक्रिया पुरा गरेर नयाँ पार्टीलाई औपचारिक मान्यता दिनेछ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ३ : ५३ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड