३० श्रावण २०८३, शनिबार | August 16, 2026

माधव नेपाललाई ‘अलपत्र छोडेका’ एमालेका नेताहरुको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेमा लामो समयसम्म माधवकुमार नेपाललाई साथ दिएपनि विद्रोहबाट पछि हटेका पूर्वनेपाल समुहका नेताहरुको आज बैठक बस्दैछ ।

आठ जना स्थायी कमिटी सदस्य र केही केन्द्रीय सदस्यहरुको बैठक महाराजगन्जमा बस्न लागेको हो । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै माधवकुमार नेपालले एमालेमा विद्रोहको घोषणा गर्दा उनलाई साथ नदिएका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनको माग गरेका हुन् । उनीहरुले पार्टी अध्यक्षले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, १४ सांसदमाथि भएको कारवाही फिर्ता गर्नुपर्ने र नेता नेपालले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्नुपर्ने माग गर्दै बिहीबार राति विज्ञप्ति समेत जारी गरेका थिए ।

विद्रोहमा नेपाललाई साथ नदिएका यी नेताहरुले अध्यक्ष ओलीले सहमति पालना नगरे विकल्प खोज्ने यसअघिकै पूर्ववत चेतावनी फेरि पनि दोहोर्याएका छन् । हाल तेस्रो धार जस्तै देखिएका नेताहरुलेले आफ्नो समुह कसरी अघि बढ्ने भन्नेबारेमा रणनीति तय गर्न बैठक बस्न लागेका हुन् ।

स्थायी कमिटी सदस्यहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित पूर्व नेपाल पक्षमै रहेका २ दर्जन केन्द्रीय सदस्यहरु बैठकमा सहभागी हुने बताइएको छ । उनीहरुले अध्यक्ष ओलीले १० बुँदेको अक्षरशः पालना गर्न गत फागुन २८ गते यता गरेका सबै निर्णय खारेज नगरे विद्रोह गर्न बाध्य हुने चेतावनी पनि दिइरहेका छन् । ओलीले सहमति पालना गरे माधव नेपाललाई फेरि फर्काउन सकिने उनीहरुको बुझाइ रहेको छ ।

 

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १ : ५८ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो