१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै



काठमाडौं । काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका अनुसार तीन दिनसम्म दोस्रो डोज लगाइनेछ । भेरोसेलको पहिलो डोज लगाएकालाई डोस्रो डोज लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

पहिलो मात्रा लगएका ५० वर्षभन्दा माथिका सबैलाई दोस्रो डोज दिइनेछ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि डोस्रो डोज पाउने भएका छन् ।

यससँगै सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका विदेशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि भेरोसेलको पहिलो डोज लगाएका र दोस्रो डोज छुटेका व्यक्तिलाई पनि खोप लगाइने भएको छ ।

यसका लागि काठमाडौंका सबै वडामा खोप केन्द्र राखिएको छ । यससँगै आठ वटा अस्पतालमा पनि खोप लगाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ८ : ४३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज