२० असार २०८३, शनिबार | July 4, 2026

कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ – एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका १० पार्टी मिलेर चुनाव लडेपनि १२० सिट भन्दा बढी नआउने ठोकुवा गरेका छन् । शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने दावी गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा भएको उल्लेख गर्दै आगामी चुनावमा एमालेबाट जो उठे पनि चुनाव जितिने दाबी गरे । माधव नेपालको पार्टीसँग केन्द्रिय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरु मान्छे नभएको बताउँदै केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन नरोकिने जिकिर गरे ।

एमालेका पूर्व वरिष्ठ नेता माधव नेपाल तर्फ संकेत गर्दै ओलीले पार्टी फुटाउनेहरुलाई कुलांगारको संज्ञा दिए । ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । ओलीले भने, (कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

उनले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको आरोप लगाउँदै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए । ‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले प्रश्न गरे, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन ।’

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  २ : ४६ बजे

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने