१५ चैत्र २०८२, आइतबार | March 30, 2026

नयाँ दल रोज्न २२ गतेसम्मको समय



काठमाडौं । निर्वाचन आयोगले गत प्रदेश सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित बनेका जनप्रतिनिधिलाई विभाजनपछि बनेको दल रोज्न समय दिएको छ ।

आयोगको आइतबार बसेको बैठकले नेकपा एमाले र जसपाबाट गत निर्वाचनमा प्रदेश सभा र स्थानीय तहमा निर्वाचित भएका तर अहिले राजनीति दलसम्बन्धी नयाँ अध्यादेशअनुसार दल विभाजन भएपछि विभाजित दलमा जान चाहनेहरूलाई दल फेर्ने अवसर दिएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार दल रोज्न दल गठन भएको दिनदेखि २१ दिनको समयलाई निर्धारण गरेको जानकारी दिए ।

एमाले र जसपाबाट जितेका जनप्रतिनिधिलाई दल रोज्ने अवसर

‘दल विभाजन अध्यादेश आएपछि दुई दल विभाजित भए, अध्यादेशले दल गठन गरेको २१ दिनभित्र दल रोज्न भने अनुसार आयोगले २१ दिनको समय दिएको हो, अब प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २२ भदौसम्मको समयभित्र दल रोज्न सनाखत गर्नुपर्नेछ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा कायम सदस्यमध्ये २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको थियो । त्यसपछि एमालेबाट विभाजित भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको थियो ।

आयोगले ती दुवै दल २ भदौमा गठन भएको जनाएको छ । निर्वाचन आयोगले भने ती दललाई ९ भदौमा दर्ता गरेर प्रमाणपत्र दिएको थियो । अध्यादेशअनुसार नै अब एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरूले नेकपा एकीकृत र लोसपामा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखतका लागि निवेदन दिनुपर्छ ।

दल रोज्न चाहने जनप्रतिनिधिले प्रदेशका हकमा प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका हकमा जिल्ला निर्वाचन कार्यालयमा आफैं उपस्थित भई सनाखत गर्नुपर्ने आयोगले जनाएको छ ।

सो प्रक्रियाका लागि दल फेर्न चाहनेले आयोगसमक्ष जाँदा प्रदेश सभा सदस्यका हकमा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेश सभाबाट जारी परिचयपत्र लिएर जानुपर्नेछ ।

यस्तै, स्थानीय तहका जनप्रतिनिधिले सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र लिएर जानुपर्ने आयोगले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : २० बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा