१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कार्यमार्फत आशाको सिर्जना



बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस कार्यमार्फत आशाको सिर्जना नारासहित विश्वभर विविध कार्यक्रम गरि मनाईदै छ ।

रुपन्देहीमा पनि विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कोसिस राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्बन संगठन र रोटरी इ क्लब अफ मेडिफयुजन हाईब्रिड नेपालको सहआयोजनामा संचारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रममा गरिएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आत्महत्या न्युनिकरण गर्न संचार क्षेत्रको भुमिका महत्वपूर्ण हुने भन्दै संवेदनशिल भएर पत्रकारीता गर्न सुझाव दिए । कार्यक्रममा नसा तथा मानसिक रोग विशेषज्ञ डा विक्रम काफलेले आत्महत्या घटनालाई सन्सनीपुर्ण र असामान्य समाचार नबनाउन आग्रह गरे ।

फोटो, भिडियो प्रयोगमा ध्यान दिने तथा आत्महत्यालाई कलंक वा अपराधका रुपमा चित्रण गर्न नहुने उनले बताए । एउटा आत्महत्या प्रयास गरेको ब्यक्तिलाई मेडिकल उपचारसंगै आत्महत्या गर्न खोजेको कारण खोज्नेतर्फ पनि लाग्नसके त्यसले न्युनिकरण हुने उनको तर्क छ ।

कोसिस नेपालका गणेश पौडेलले सात वटा प्रदेशमध्ये लुम्बिनी दोस्रो ठुलो आत्महत्या हुने प्रदेशमा पर्ने बताए । प्रदेश १ मा १ हजा ५ सय १८, गण्डकी प्रदेश ६ सय ४४ जना, बाग्मती प्रदेश १ हजार ३२ जना, लुम्बिनी प्रदेश १ हजार ३ सय ८३ जना, प्रदेश २ मा ९ सय ५९ जना, कर्णाली प्रदेश ३ सय ६५ जना र सुदुरपश्चिमाञ्चल प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेको तथ्याकमा देखिन्छ ।

कोसिस नेपालको टोल फ्रि नम्बरहरु १६६०७१५२००५ लुम्बिनी प्रदेशमा परामर्श सेवा दिदै आएको उनले बताए । कार्यक्रममा क्लबका अध्यक्ष डा.सन्तोष पोखरेलले आत्महत्या रोकथाम गर्न संवेदनशिल रिपोर्टिङ जरुरी रहने बताए । आत्महत्या बढ्नुमा अप्रत्यक्ष रुपमा संचार क्षेत्र महत्वपुर्ण हुने भन्दै संचारकर्मीहरुलाई लक्षित कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा डा रजत कायस्थ, कोसिस राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्बन संगठन कोसिस नेपालका केन्द्र कुमारी चौधरी, यशोधा बगालेले लागुऔषध दुब्यसनी, दिर्घरोगी, आत्मिय ब्यक्तिको आत्महत्याको कारण, बलात्कार सामाजिक हिसा लगायत कारणहरु हुने भन्दै समाजमा आत्महत्याका बारेमा भएका भ्रमहरु चिर्न जरुरी रहेको बताए ।

विश्वमा ८ लाख जनाले वर्षेनी आत्महत्या गर्ने गरेको तथ्याक छ । प्रति ४० सेकेण्डको अन्तरमा एक जनाले आत्महत्या गर्ने यसबाट पुष्टि भएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा नेपालमा विष सेवन, आगो लगाई, झुण्डिएर, औजार हातहतियार, हाम फालेर, करेन्ट लागेर, डुबेर ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेको तथ्याकमा देखिन्छ ।

 

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ४ : ३७ बजे

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।