१७ बैशाख २०८१, सोमबार | April 29, 2024

विपक्षीको चर्को विरोधका बीच तीन विधेयक संसदबाट पारित



काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकले  तीनवटा विधेयक बहुमतले पारित गरेको छ ।

प्रमुख प्रतिपक्ष एमाले सांसदहरुको चर्को नाराबाजीका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक  ​बहुमतले स्वीकृत भएको हो ।

चर्काे नाराबाजी र अवराेधका बीच क्रमश: आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका सभामुख अग्नीप्रसाद सापकोटाले ध्वनीमतका आधारमा बहमुतले विधेयक पारित भएको घोषणा गरेका छन् ।

प्रतिपक्षी एमालेका सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए । सुवालले प्रस्तावको भन्दा एमसीसीका बिषयमा मात्र धारणा राख्दै रोष्टम नपाई प्रस्ताव पढेर नसुनाउने अडान लिएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बिधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

त्यस अघि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश विस्थापित गर्न वर्तमान सरकारले आर्थिक प्रतिस्थापन विधेयक ल्याउन लागेको हो । एमालेले नाबाजी जारी राखेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

 

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ३६ बजे

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको