२१ चैत्र २०८२, शनिबार | April 4, 2026

विपक्षीको चर्को विरोधका बीच तीन विधेयक संसदबाट पारित



काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकले  तीनवटा विधेयक बहुमतले पारित गरेको छ ।

प्रमुख प्रतिपक्ष एमाले सांसदहरुको चर्को नाराबाजीका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक  ​बहुमतले स्वीकृत भएको हो ।

चर्काे नाराबाजी र अवराेधका बीच क्रमश: आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका सभामुख अग्नीप्रसाद सापकोटाले ध्वनीमतका आधारमा बहमुतले विधेयक पारित भएको घोषणा गरेका छन् ।

प्रतिपक्षी एमालेका सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए । सुवालले प्रस्तावको भन्दा एमसीसीका बिषयमा मात्र धारणा राख्दै रोष्टम नपाई प्रस्ताव पढेर नसुनाउने अडान लिएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बिधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

त्यस अघि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश विस्थापित गर्न वर्तमान सरकारले आर्थिक प्रतिस्थापन विधेयक ल्याउन लागेको हो । एमालेले नाबाजी जारी राखेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

 

 

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  २ : ३६ बजे

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी